दुई लघुवित्तको आजदेखि एकीकृत कारोबार सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई लघुवित्तको आजदेखि एकीकृत कारोबार सुरु



काठमाडौं । मर्जरमा गएका जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यी दुवै संस्थाले मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

एक आपसमा गाभिएर एउटै बनेको मातृभूमी लघुवित्त केन्द्रीय कार्यालय हाल किसान लघुवित्तको केन्द्रीय कार्यालय रहेको स्थान लम्किचुहा–४ कैलाली र कर्पोरेट कार्यालय बुढानिलकण्ढ–८ काठमाण्डौमा रहने छ ।

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्नेरगाभिने९मर्जर० कार्यका लागि गत चैत १८ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले यी दुई लघुवित्तको सेयर कारोबार रोक्का असार २७ गतेदेखि लागू हुनेगरी रोक्का राख्ने निर्णय गरेको छ ।

प्रकाशित : २७ असार २०८१, बिहीबार ०९:५७