सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य घटेको छ । आज तोलामा ९०० रुपैयाँ घटेर छापावाल सुन प्रतितोला एक लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला छापावाला सुनको मूल्य एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज तेजावी सुन प्रतितोला एक लाख ४३ हजार ४ रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसैगरी, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २५ असार २०८१, मंगलवार १०:४२