अाक्रमक बन्दै बीमा समिति, कम्पनीहरुको चुक्तापूँजी चार गुणा बढाउने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अाक्रमक बन्दै बीमा समिति, कम्पनीहरुको चुक्तापूँजी चार गुणा बढाउने निर्णय



काठमाडौ १९ चैत । बीमा समितिले जिवन र निर्जिवन बीमा कम्पनीहरूको चुक्ता पूँजीको सीमा तोकेको छ । समितिले आजबाटै लागु हुने गरी नयाँ चुक्तापूँजी निर्धारण गरेको हो । समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी चार गुणाले बढाउने निर्णय गरेको हो । समितिले जीवन बीमा कम्पनीहरुको दुई अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुको एक अर्ब चुक्तापूँजी तोकेको छ ।

समितिका अनुसार अनुसार बीमा कम्पनीहरुले तोकिएको पूँजी २०७५ आषाढ मसान्तसम्म पुर्याउनु पर्नेछ । हाल नयाँ बीमा ऐन समेत कानुन मन्त्रालयबाट अर्थमन्त्रालयमा पुग्ने क्रममा रहेको छ । बीमा कम्पनीहरुको चुक्तापूँजी निर्धारण गर्ने बिषय ऐनमा राख्ने बिषय नभएकाले ऐनबाट हटाइएको समितिको भनाई छ ।  समितिले अर्थमन्त्रालयमा पठाएको ऐनको मस्यौदामा जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी चार अर्ब रुपैयाँ तोकिएको थियो ।

यस अघिको बीमा ऐनअनुसार जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी २५ करोड र निर्जीवन बीमा  कम्पनीहरूको चुक्ता पुँजी १० करोड तोकिएको थियो । तर, पछि समितिले जीवन बीमा कम्पनीलाई ५० करोड र निर्जीवन बीमा कम्पनीहरूलाई २५ करोड रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो ।  हाल बीमा कम्पनीहरुको दश करोड रुपैयाँदेखि दुई अर्ब १६ करोड रुपैयाँसम्म चुक्तापूँजी रहेको छ ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ११:०२