काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर संस्थापक सेयरधनी तथा सर्वसाधारण,कम्पनी वा संगठित संस्थाका लागि बिक्री गर्न लागेको हो ।
यसअघि कम्पनीले संस्थापक सेयरधनीका लागि विक्रीमा ल्याएको सेयर तोकिएको समयमा विक्री नभएपछि कम्पनीले सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।
सेयरको मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । कम्पनीले २२ हजार ७२७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । इच्छुक लगानीकर्ताले असार २३ गते अपरान्ह ३ बजेभित्र कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटलको कार्यालय बालुवाटारमा पुग्ने गरी आवेदन दिनु पर्नेछ ।
Comment