एशियन लाइफको बोनस र हकप्रद प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एशियन लाइफको बोनस र हकप्रद प्रस्ताव पारित



काठमाडौं १८ चैत । एशियन लाईफ इन्स्योरेन्सले २० प्रतिशत बोनस सेयर र २ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको आठौं तथा नवौं वार्षिक साधारण सभाले बोनस र हकप्रदको प्रस्ताव पारित गरेको हो । कम्पनीको बोनस पछि चुक्ता पुँजी ८० करोड ५५ लाख पुग्ने छ भने हकप्रद जारी पछि यो रकम १ अर्ब २० करोड पुग्ने छ । कम्पनीको सञ्चालकमा क बर्गका सेयरधनीबाट विजयकुमार सरावगी, दिनेशलाल श्रेष्ठ, सुशान्त चाचान, दिपककुमार श्रेष्ठ र सुरेन्द्र गोयल निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समूहबाट रबीकु्मार गुप्ता र सौरभ रुगंटा निर्वाचित भएको बताइएको छ । सञ्चालक समिति सदस्यहरुको कार्यकाल ४ बर्षको रहनेछ ।

कम्पनीले २०७३ साल पुस मसान्त सम्ममा ८ अर्ब ८६ करोड ५७ लाख रूपैयाँको जीवन बीमा कोष र ८ अर्ब ६६ करोड २२ लाख रूपैयाँ लगानी तथा कर्जा लगानी गरेको छ । चालु आवको फाल्गुणमसान्त सम्ममा कम्पनीले कूल १ अर्ब ३९ करोड १२ लाख बीमा शुल्क आर्जन गरिसकेको छ । कम्पनीले २३ वटा शाखा तथा ७२ वटा उपशाखाहरुबाट करिब १२ हजार सक्रिय अभिकर्ताहरुको संजालमार्फत बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : १८ चैत्र २०७३, शुक्रबार ०६:३२