११ महिनामा १४ खर्ब ५३ अर्बको आयात, व्यापार घाटा १३ खर्ब माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

११ महिनामा १४ खर्ब ५३ अर्बको आयात, व्यापार घाटा १३ खर्ब माथि



काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ ।

आयात, निर्यात र व्यापार घाटा गत आवको सोहि अवधिको तुलनामा घटेको छ । गत आवको सोहि अवधिको तुलनामा आयात १.८४, निर्यात ३.०१ र व्यापार घाटा १.७२ प्रतिशतले घटेको हो ।

पछिल्लो ११ महिनामा व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड रहेको छ । गत आवको सोहि अवधिमा यस्तो घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित : ७ असार २०८१, शुक्रबार १३:५२