सुनको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ । बिहिबार प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको १९ सय रुपैयाँले वृद्धि भएको छ । आज सुन प्रतितोला एक लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ७ असार २०८१, शुक्रबार ११:२१