लुयानको इलेक्ट्रिक स्कुटर एस ९० सार्वजनिक, ओरालोमा आफैँ चार्ज हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

लुयानको इलेक्ट्रिक स्कुटर एस ९० सार्वजनिक, ओरालोमा आफैँ चार्ज हुने



काठमाडौं । लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयान एस ९० हालै नेपालमा सार्वजनिक गरेको छ । स्कुटरमा २५०० वाटको पिक पावर भएको लिक्विड कुल्ड मोटर दिइएको छ ।

अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तान्ने क्षमता तथा लाइफ स्पान बढी हुने कम्पनीले जनाएको छ । २५२० वाट आवर क्षमताको बेट्री भएकाले यसले एकपटकको फुल चार्जमा अधिकतम १२० किलोमिटर रेन्ज दिने बताइएको छ ।

स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ्ग सिस्टम भएकाले यसले ओरालोमा ब्रेक लिँदा आफै ब्याट्री चार्ज हुने कम्पनीको दाबी छ ।

यसमा १२ इन्चको व्हिलमा दुवै टायर र १७० एमएमको अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ ।अगाडि र पछाडि दुवै ह्विलमा डिस्क ब्रेक दिइएको छ ।

६५ किलोमिटर प्रति घण्टाको टप स्पिड रहेको यस स्कुटरमा एन्टिथेप्ट अर्लाम, ७ इन्चको डिजिटल डिस्प्ले, एलइडी हेड लाइट, डीआरएल लगायतका फिचरहरु रहेको कम्पनीका सेल्स तथा मार्केटिङ्ग हेड शंकर शर्माले बताए ।यस स्कुटरको मूल्य २ लाख ६ हजार १०० रहेको छ ।

प्रकाशित : २ असार २०८१, आईतवार १९:५९