यूनाइटेड अजोडको साधारणसभा सम्पन्न, हकप्रद निष्कासन गर्ने प्रस्ताव स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

यूनाइटेड अजोडको साधारणसभा सम्पन्न, हकप्रद निष्कासन गर्ने प्रस्ताव स्वीकृत



काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् १०० कित्ता सेयर बराबर १५ कित्ताका दरले हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी वृद्धि भई २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ। हकप्रद पछि चुक्तापूँजी पनि वृद्धि हुने हुँदा सोहि बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित भएको छ ।

यसैगरी, सोहि सभाले कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपातबमोजिम सञ्चालक समिति गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेखन गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेसम्बन्धी प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ ।

प्रकाशित : ३१ जेष्ठ २०८१, बिहीबार १२:४८