एनआइसी एसिया बैंकको हकप्रद आजबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसी एसिया बैंकको हकप्रद आजबाट



काठमाडौँ १६ चैत । एनआइसी एसिया बैंकले आजदेखि हकप्रद निष्कासन गरेको छ । बैंकले चैत १६ गते देखि आगामी बैशाख १९ गतेसम्म हकप्रद आवेदन दिन सकिने जनाएको छ । बैंकले १५ प्रतिशत हकप्रद निष्कासन गरेको हो ।बैंकले हकप्रदको लागि चैत ७ गते बुक क्लोज गरेको थियो।

चैत ६ गतेसम्म दोस्रो बजारमा शेयर खरीद गर्ने लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्छन । बैंकले हकप्रद निस्कासनकालागि सिभिल क्यापिटललार्इ बिक्री प्रबन्धक तोकेको छ । बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन गत वर्ष पनि २५ प्रतिशत हकप्रद निष्कासन गरेको थियो । हाल पाँच अर्ब ८१ करोड चुक्ता पूँजी रहेको बैंकले पुस मसान्तसम्म ७२ करोड खुद मुनाफा आर्जन गरेको छ । गएको वर्षको मुनाफा बाट २७ दशमलव ३७ प्रतिशत बोनस दिएको कम्पनीले पुन हकप्रद निष्कासन गर्न लागेको हो ।

प्रकाशित : १६ चैत्र २०७३, बुधबार ०९:१७