सुनकाे मुल्य तोलामा ५०० रुपैयाँले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकाे मुल्य तोलामा ५०० रुपैयाँले घट्याे



काठमाडौं । सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन अहिलेसम्मकै उच्च एक लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख ४२ हजार रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८ सय २५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला १८ सय ६० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २३ जेष्ठ २०८१, बुधबार ११:३३