आइसल्यान्डको अवैतनिक महावाणिज्यदूत नियुक्तिपछि विदुषी राणा सम्मानित, महावाणिज्य दूतावास उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आइसल्यान्डको अवैतनिक महावाणिज्यदूत नियुक्तिपछि विदुषी राणा सम्मानित, महावाणिज्य दूतावास उद्घाटन



काठमाडौं । विदुषी राणा नेपालका लागि आइसल्यान्डको अवैतानिक महावाणिज्यदूत नियुक्त र काठमाडौंमा नयाँ महावाणिज्य दूतावास उद्घाटन अवसरमा सम्मान समारोह आयोजना गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सहभागी कार्यक्रममा नवनियुक्त महावाणिज्यदूत राणाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक एवं प्राविधिक क्षेत्रको विकासमा आइसल्यान्डको सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

कार्यक्रममा आइसल्याण्ड गणतन्त्रका राजदूत महामहिम गुड्नी ब्रागासनले नेपाल र आइसल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । उपसभामुख इन्दरा राणाले महावाणिज्यदुतमा विदुषि राणालाइ नियुक्त गरेकोमा धन्यवाद व्यक्त गर्दै महिलाले कुटनैतिक क्षेत्रमा पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरिन ।

कार्यक्रममा संसद सदस्य, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर र विभिन्न राजदूत, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका प्रमुख,सीएनआईका अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सहित स्थानीय शासन र व्यवसायीहरुकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रममा नवनियुक्त अवैतनिक राजदूत राणाले नेपाल र आइसल्यान्डबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन, कूटनीतिक र आर्थिक सम्बन्धका पारस्परिक लाभ लिन र दुई राष्ट्रबीचको सांस्कृतिक एवं व्यावसायिक आदानप्रदानलाई प्रवर्द्धन भूमिकाले खेल्ने बताइन्।

प्रकाशित : २२ जेष्ठ २०८१, मंगलवार १२:५२