जीवन बीमा कम्पनीको बीमाशुल्क एक खर्ब २१ अर्ब नाघ्यो, कुन कम्पनीको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीको बीमाशुल्क एक खर्ब २१ अर्ब नाघ्यो, कुन कम्पनीको कति ?



काठमाडौं। चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब २१ अर्ब ३५ करोड ९५ लाख रुपैयाँकाे बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा एक करोड ४१ लाख ४१ हजार ५ सय वटा बीमा पोलिसी विक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

जीबन बीमा कम्पनीहरुले बैशाख महिनामा मात्र ११ अर्ब २७ करोड ६७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

वैशाख महिनासम्ममा नेपाल लाइफले सबैभन्दा बढी व्यवसाय गरेको छ । कम्पनीले सबै कम्पनीलाई उछिन्दै ३२ अर्ब ३८ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएको छ। दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको १० महिनामा १४ अर्ब ३३ करोड रुपैयाँको कुल व्यवसाय गरेको छ।

साथै, लाइफ इन्स्योरेन्स कर्पोेरेशनले यस अवधिमा १४ अर्ब ३५ करोड रुपैयाँको व्यवसाय गर्दै तेस्रो स्थानमा रहेको छ।हिमालयन लाइफले १३ अर्ब ५१ करोड रुपैयाँ र सूर्य ज्योति लाइफले सात अर्ब २७ करोड रुपैयाँको व्यवसाय गरेको छ ।

चालु आवको बैशाख महिनासम्ममा एशियन लाइफले छ अर्ब ३८ करोड, सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले पाँच अर्ब ७६ करोड रुपैयाँ, सिटिजन लाइफले चार अर्ब ७० करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

त्यसैगरी सानिमा रिलायन्स लाइफले चार अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । मेट लाइफले चार अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले तीन अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले तीन अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले तीन अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले तीन अर्ब आठ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रकाशित : १६ जेष्ठ २०८१, बुधबार १७:२१