काठमाडौं । सरकारले अबको दश वर्षमा सूचना प्रविधि मार्फत ३० खर्व रुपैयाँ नेपालमा भित्राउने महत्त्वाकाङ्क्षी योजना अगाडी सारेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट पाश गर्दै यस्तो योजना सार्वजनिक गरेका हुन् ।
आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अघि सार्ने बताउँदै उनले भने, ‘अबको १० वर्षमा सूचना प्रविधि क्षेत्रको निर्यात मार्फत ३० खर्व रुपैयाँ भित्राउने गरी काम गरिने छ ।’ उनले ५ लाख युवालाई प्रतक्ष्य रुपमा यो कार्यमा संलग्न गराउने समेत जानकारी दिए । १० लाख जनालाई अप्रत्यक्ष रुपमा यो क्षेत्रमा सामेल गराउने समेत सरकारको योजना रहेको छ ।
डिजिटल नेपाल फ्रेमवर्क तयार गरी काम गर्ने समेत उनले बताए । काठमाडौँ तथा बुटवलमा इन्टरनेटको लागि आवश्यक भौतिक पूर्वाधार तयार गरी सूचना प्रविधि पार्क निर्माण गर्ने उनले बताए । आइटी क्षेत्रका उद्योग तथा कम्पनीलाई तीन वर्षसम्म निःशुल्क उपलब्ध गराउने गरी काठमाडौँको डिल्लीबजार स्थित चारखालमा बहुतले भवन निर्माण गर्ने समेत उनले जानकारी दिए ।
Comment