निर्जीवन बीमा कम्पनीहरुले कमाए ३२ अर्ब ८७ करोड बीमाशुल्क, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

निर्जीवन बीमा कम्पनीहरुले कमाए ३२ अर्ब ८७ करोड बीमाशुल्क, कुनकाे कति ?



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले वैशाखसम्म २३ लाख ९३ हजार १८२ वटा बीमा पोलिसी बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।

चालु आर्थिक वर्षको वैशाख महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले १ लाख ९९ हजार ६३५ वटा बीमा पोलिसी बिक्री गरी २ अर्ब ८७ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

वैशाखसम्म सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ४ अर्ब ५४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको रहेको छ। यो कम्पनीले ३ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३ अर्ब १८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशल्क आर्जन गरेको छ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ र नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ६४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २ अर्ब १७ करोड ६१ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड ६५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले १ करोड २५ करोड ८७ लाख र नेशनल इन्स्योरेन्सले ९४ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १५:०७