युनाइटेड अजोडले बोलायो साधारणसभा, यी हुन् मुख्य एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

युनाइटेड अजोडले बोलायो साधारणसभा, यी हुन् मुख्य एजेन्डा



काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ ३१ गतेका लागि विशेष साधारणसभा बोलाएको हो । सभा, काठमाडौंको टंगालस्थित अम्रपाली ब्यांकेटमा बिहान साढे १० बजेदेखि बस्ने गरी सभा डाकेको हो ।

सभाले कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपियाँको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता शेयरबराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी वृद्धि भई दुई अर्ब ४१ करोड ५० लाख रुपियाँ पुग्ने भएकाले सोही मोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । साथै, कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समिति गठन गर्ने र सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ २५ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने गर्दैछ । अत जेठ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : १५ जेष्ठ २०८१, मंगलवार १२:२६