आगामी बजेटमा सेयर लगानीकर्ताका २ बुँदे माग, पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आगामी बजेटमा सेयर लगानीकर्ताका २ बुँदे माग, पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी



काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेट्ने गरी पुँजीबजार सुधारका लागि सेयर लगानीकर्ताले सरकारसमक्ष २ बुँदे माग पेस गरेका छन्। यी माग पूरा नभएकोमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि उनीहरुले दिएका छन्।

हरेक आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। पुँजीबजारका ८ वटा संगठनले कर नीतिको विषयमा अर्थ मन्त्रालयसमक्ष २ बुँदे सुझाव पेस गरेका छन्। अग्रिम करलाई अन्तिम कर मान्नुपर्ने तथा अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको हकमा लगाइदै आएको अग्रिम करको दर घटाउनुपर्ने उनीहरुले बताएका छन् ।

हाल अल्पकालीन र दिर्घकालिन कर क्रमश: ५ र साढे सात प्रतिशत छ। यसलाई घटाएर ३ र ५ प्रतिशत कायम गर्नुपर्ने उनीहरुको माग छ। आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने सेयर लगानीकर्ताले चेतावनी दिएका छन्।

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, जनरल इन्भेस्टर एशोसिएशन, नेपाल सेयरधनी संघ, स्वतन्त्र पूँजीबजार सुधार संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ गरि विभिन्न आठ वटा सेयरर्लागनीकर्ता संघ संस्थाले एक साझा बिज्ञप्ति मार्फत यस्तो माग गरेका हुन् ।

प्रकाशित : १३ जेष्ठ २०८१, आईतवार १२:२६