प्रधानमन्त्री प्रचण्डको कति छ सम्पती ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रधानमन्त्री प्रचण्डको कति छ सम्पती ?



काठमाडौं । मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। कार्यालयले मन्त्रीमण्डलमा रहेका प्रधामन्त्री प्रचण्डसहित १२ जना मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

दुई मन्त्रीको भने विवरण प्राप्त नभएको उल्लेख छ। मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।

सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा घरसहित १४ कट्ठा जग्गा रहेको छ। दाहालकी स्व पत्नी सीता दहालको नाममा रहेको उक्त घर–जग्गा पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ।


भरतपुरै स्व दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ। प्रधानमन्त्रीसँग ५ तोला सुन छ। यो पनि पैतृक भएको विवरणमा उल्लेख छ।

प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको छ। सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ। प्रधानमन्त्रीको नाममा कुनै पनि पशुधन, ऋण र सवारीसाधन छैन।

प्रकाशित : ८ जेष्ठ २०८१, मंगलवार १७:०९