काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा १ हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले अगामी आवमा नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने र तीनै तहका सरकार र निजी क्षेत्र समेतको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीति कार्यान्वयन गरिने नीति समेत सरकारले लिएको बताए ।
उनले स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धन गर्न प्राज्ञिक क्षेत्रसँग सहकार्य गरिने उल्लेख गर्दै निजी क्षेत्रको सहकार्यमा सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरी स्टार्टअप विकास र प्रवर्द्धन गरिने बताए ।
Comment