सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.५६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ५७ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९.६६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २८ करोड ४८ लाख रुपैंया बराबरको खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १०२.२३ प्रतिशत बढेको छ भने कुल खर्च ९३.०९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ९६.२९ प्रतिशत बढेको छ।

कम्पनीको चुक्तापूँजी दुई अर्ब ८० करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले सेयर प्रिमियम शीर्षकमा चार लाख ७५ हजार रुपैयाँ मात्रै संचित गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वृद्धि भएको छ । कम्पनीको ईपीएस १९.६८ रुपैयाँबाट बढेर २८.३७ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २५४.५९ रुपैयाँ रहेको छ ।

प्रकाशित : २१ बैशाख २०८१, शुक्रबार १२:२१