विभिन्न एप डाउनलोड गर्नका लागि गुगल प्ले स्टोर प्रयोग गर्दा तपाईं यसको विकल्प वा नयाँ नयाँ एप खोजीरहनुभएको छ भने खुशीको खबर । निःशुल्क तथा सस्तोमा विभिन्न एपको खोजी गर्दै हुनुहुन्छ भने गुगल प्लेस्टोर बाहेकका एप स्टोर पनि छन् ।
तर ती एप स्टोरमा भाइरसको खतरा भने अलि बढी छ । किनकी ती एप स्टोरको सेक्युरेटी गुगलको जस्तो प्रभावकारी छैन । यति हुँदाहुँदै पनि ती एप स्टोरबाट एप डाउनलोड गर्न चाहानुहुन्छ भने सबैभन्दा पहिले सेटिङको सेक्युरेटी मेन्युमा गएर ‘Unknown sources’ मा क्लिक गरेपछि गुगल प्लेस्टोर बाहेक पनि अन्य एप स्टोरबाट एप्स डालउनलोड गर्न सकिन्छ । केही एप स्टोरमा पाइरेटेड एप्स तथा गेम पनि पाइन्छन् ।

यस्तै एप स्टोरमध्ये अमेजनको एप स्टोर राम्रो विकल्प हुन सक्छ । अमेजनबाट एप्स वा गेम किन्नु भन्दा पहिले टेस्ट ड्राइभ फिचर प्रयोग पनि गर्न सकिन्छ । यस्तै सस्तोमा एप्स तथा गेम चाहिएमा getjar अर्को विकल्प हुन सक्छ । तर यसबाट एप्स डाउनलोड गर्दा विज्ञापन पनि हेर्नुपर्ने बाध्यता रहन्छ ।
यसैगरी सामसुङ ग्यालेक्सी एप्समा समसुङका सबै एप पाइन्छ । पहिला यसको नाम सामसुङ एप्स थियो तर पछि परिवर्तन गरेर S Suggest राखियो । एक वर्ष अघिदेखि यसको नाम ग्यालेक्सी एप्स राखिएको छ । यो त्यति लोकप्रिय पनि छैन ।
एप स्टोर Slide ME अर्को एप स्टोर हो, जहाँ निःशुल्क तथा पैसा तिरेर डाउनलोड गर्न सकिने एप्स पाइन्छ । यसमा एप्सका बारेमा राम्रो जानकारी राखिएको हुन्छ । यस्तै निःशुल्कमा एप्स डाउनलोड गर्न चाहनेका लागि F-Droid राम्रो विकल्प हुन सक्छ । यसमा धेरै गेम तथा एन्ड्रोइड एप्स निःशुल्क पाइन्छ ।








Comment