सुनचाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य बढेको छ। सोमबार प्रतितोला एक लाख २४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सात सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा एक लाख २४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : 19 March, 2024 11:30 am