बित्तीय चेतना बिस्तार भिबोर-सोसाइटी बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

Feature News

बित्तीय चेतना बिस्तार भिबोर-सोसाइटी बैंक

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै ७ चैत । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चितवनको देवघाटमा रहेको बज्रयोगिनी माध्यमिक बिद्यालयमा चैत ४ गते शुक्रबार बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ  ।

कार्यक्रमबाट सो बिद्यालयमा अध्ययनरत बिद्यार्थी, शिक्षक, अभिभावक तथा त्यस भेगका बासिन्दाहरुले बैंकले गर्ने कार्य तथा प्रदान गरिने सेवा सुबिधाहरुबारे जानकारी प्राप्त गरी लाभान्वित भएका छन् । सोही कार्यक्रममा बैंकले उक्त बिद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० थान कम्प्युटर समेत सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

सो कार्यक्रमका प्रमुख अतिथि तथा भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमीटेड संचालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले ती कम्प्युटरहरु बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई हस्तान्तरण गर्दै यस प्रकारका सहयोगबाट सो बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक विकासमा थप टेवा पुग्ने बिश्वास व्यक्त गरे ।

बैंकले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न बिद्यालय एवम् असहाय बालबालिकाका लागि सरसहयोग प्रदान गर्दै आइरहेकोमा यस क्रमलाई भविष्यमा पनि निरन्तरता दिईने जानकारी गराए ।

सोही अवसरमा पद्य जगत स्मृति प्रतिष्ठानका तर्फबाट ती बिद्यालयका बिद्यार्थीहरुको अतिरिक्त क्रियाकलापका लागि फुटवल, चेस, भलिवल, बास्केटवल लगायतका खेलकुदका सामग्रीहरु समेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

प्रकाशित : ७ चैत्र २०७३, सोमबार ०४:४६ 20 March, 2017 4:46 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।