नेप्से र कारोबार दुबैमा झिनो सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से र कारोबार दुबैमा झिनो सुधार



काठमाडौ। उतार चढाव पूर्ण रहेको आजको पुंजी बजारमा  नेप्से परिसूचकले ३ दसमलव ६२ अंकको फड्को मार्दै ९ सय २६ दसमलव शुन्य ९ अंकमा बजार बन्द भयो । आज कारोबार रकम हिजोको तुलनामा ८ प्रतिशतले वृद्दि भई करिब २० करोड ४४ लाख रुपैया बराबरको कारोबार भएको देखिन्छ । आज कुल १ सय २६ कम्पनीका १ हजार ३ सय ८५ कारोबारबाट ५ लाख ४८ हजार ३ सय ११ कित्ता शेयर किनबेच भएका छन् । त्यसै गरि आज ’क’ वर्गका कम्पनीहरुको सूचक सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ५७ अंकले बढेर १ सय ९७ दसमलव ९९ मा बन्द भएको छ ।
आज कारोबार भएका उपसमूह मध्ये जलबिद्युत समूहको कारोबार घटेको छ भने इन्स्योरेन्स सेक्टरमा मात्रै ७४ अंकले वृद्धि भएको छ । बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुंजी बढाउनु पर्ने नियमले लगानीकर्ताहरु यो क्षेत्र तिर आकर्षित भएका देखिन्छन् जसको प्रत्यक्ष असर आजको बजारमा पर्न गएको देखिन्छ ।
आज लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी, सिद्दार्थ इन्स्योरेन्स कम्पनी तथा सुर्य लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएका छन् भने युनाईटेड इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी, सहारा विकास बैंक तथा यति विकास बैंकका लगानीकर्ताहरुले सबै भन्दा बढी गुमाएका छन् ।
त्यस्तै कारोबारका आधारमा एनसीसी बैंक तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आज सबै भन्दा अगाडी देखिन्छन् ।

प्रकाशित : ८ असार २०७२, मंगलवार ११:०९