सेयर बजारमा ९.३४ अंककाे वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा ९.३४ अंककाे वृद्धि



काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार उकालो लागेको छ । बजार मापन गर्ने सूचक ९.३४ अंकले बढेर परिसूचक २००१.६४ बिन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।

३०८ कम्पनीको ५२ लाख ३९ हजार कित्ता सेयर किनबेच हुदाँ एक अर्ब ८६ करोड ९८ लाख १३ हजार रुपैयाँको सेयर काराेबार भएको छ । कारोबारमा बैंकिङ समूहको ५.१३, विकास बैंक ५.५३, जलविद्युत ११.८३, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २१७.४८, माइक्रोफाइनान्स १२.८८, निर्जीबन बिमा समूहको उपसूचक ७७.१०, टेड्रिङ समूह २९.८६ अंक बढेको छ । साथै, वित्त ५.११, होटल २.८८, , जीवन बिमा ८.०२ अंकले घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) र विपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, चिरख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने आज सर्वाधिक गुमाएका छन् ।

आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १४ करोड १९ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १५ फाल्गुन २०८०, मंगलवार १५:२०