सहि तरिकाले काम गरिरहेको बैंकलाई ढल्न दिदैनाै‌ : गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहि तरिकाले काम गरिरहेको बैंकलाई ढल्न दिदैनाै‌ : गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहि तरिकाले काम गरिरहेको बैंकलाई ढल्न नदिने बताएका छन । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘सहि तरिकाले काम गरिरहेको बैंकलाई ढल्न दिँदैनौ’ गर्भनर अधिकारीले भने ‘सर्बसाधारणको निक्षेंप डुब्न दिदैनौं।’ उनले कुनै पनि बैंक डुब्न नदिने प्रतिवद्धता व्यक्त गरे ।

उनले यो वर्ष बै‌कहरुकाे खराब कर्जा बढेको भन्दा पनि बैंकिङ क्षेत्रको वास्तविकता बाहिर आएको बताए । यसलाई अन्यथा लिन नहुने भन्दै उनले नेट एनपीए १.४० प्रतिशत हाराहारी रहेको जानकारी दिए । उनले भने, ‘अहिले बैंकहरुको नेट एनपीए १.१४ प्रतिशत रहेको छ । यो ठूलो विषय होइन । अझ हाम्रो सिस्टमले कर्जाको प्रशस्त प्रोभिजन गरेको छ । अहिले लाभांश क्षमता कम भएको मात्रै हो । संस्था बलियो बनाउँन खोज्दा यस्तो हुनु ठूलो कुरा होइन ।’

अहिले कुनै एक बैंक डुब्न लाग्यो भनेर खुसी हुँदा त्यसले अरुलाई पनि असर गर्ने बताउदै एउटा बैंक डुब्न लाग्यो भनेर अरु खुसी हुनुभन्दा पनि अरुलाई खाने बाघले आफूलाई पनि खाने हो कि भन्ने तिर बरु ध्यान दिनुपर्ने उनकाे भनाइ थियाे । अहिले धेरैले बैंक अराजक भए, सामन्ती भए, मिटरब्याजी भए भनेर गाली गरेको सुनिए पनि आफूले त्यस्तो नपाएको अधिकारीले बताए ।

त्यसैगरी, राष्ट्र बैंकले बढ्दो कर्जा रोक्नको लागि सिडी रेसियो कार्यान्वयन ल्याउँदा धेरै नै बिरोध भएकाे स्मरण गर्दै उनले सोहि व्यवस्थाले नै अहिले बैंक जोगिएको बताए । उनले भने ‘एनआईसी एशिया बैंकलाई निकै हदसम्म त्यो सिडी रेसियोले काम गर्यो’। आजको दिनसम्म बैंकबाट २७ अर्ब निक्षेप बाहिरिंदा पनि बैंकलाई कुनै समस्या नपरेको उनले उल्लेख गरे ।

नेपालको अर्थतन्त्रमा सहकारी र अनौपचारीक अर्थतन्त्रले ठूलो असर पारेको उनले बताए । उनले भने, ‘सहकारीको १० प्रतिशत मात्रै पैसा फिर्ता हुने माहोल बनाउन सकियो भने सहकारीको अहिलेको समस्यामा न्यूनीकरण आउने छ ।’ त्यसैले सहकारी समस्यालाई समाधान गर्दै जाने हो भने अर्थतन्त्रका समस्याहरु पनि टर्दै जाने उनको भनाई छ

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार १५:५८