सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । सोमबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

आज चाँदीको प्रतितोला पनि तोलामा पाँच रुपैयाँले घटेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मुल्य प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १४ फाल्गुन २०८०, सोमबार ११:५०