सेयर बजार घट्ने क्रम जारी, २६.८१ अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार घट्ने क्रम जारी, २६.८१ अंककाे गिरावट



काठमाडौं । आइतबार नेप्से परिसूचक २६.८१ अंक घटेर १९७९.०२ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंक घटेको छ।

आज ३१७ कम्पनीका ८५ लाख ४६ हजार नौ सय ३० कित्ता सेयर किनबेच हुँदा तीन अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आज बोटलर्स नेपाल (बालाजु) को सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने समाज लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २५ करोड १८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित : १३ फाल्गुन २०८०, आईतवार १६:२२