सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टकाे आईपीओ निष्काशन, कति दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टकाे आईपीओ निष्काशन, कति दिने आवेदन ?



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज फागुन १३ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले बुक विल्डिंग विधिबाट ३६०.९० रुपैयाँ मुल्यमा आइपीओ जारी गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।

यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सेयर बाँडफाँड गर्दा पनि न्युनतम ५० कित्ता नै शेयर बाँडफाँड हुने छ । यस हिसाबमा ५५ हजार पाँच सय २१ जनाले मात्र सेयर पाउने छन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित : १३ फाल्गुन २०८०, आईतवार १२:२०