राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक रिसाल र ज्ञवालीद्वारा शपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक रिसाल र ज्ञवालीद्वारा शपथ ग्रहण



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सञ्चालकहरु नारायणप्रसाद रिसाल र प्रा.डा.रामप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त सदस्यहरु रिसाल र ज्ञवालीले बैंकका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वमोजिम बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरुले बिहीबार नै एक कार्यक्रमकाबीच पदबहाली समेत गरिसकेका छन् । दुबै जना सञ्चालक अर्थ मन्त्रालयका सह सचिव हुन् । शपथ ग्रहण कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु र कम्पनी सचिव लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार १२:३९