सुनको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य स्थिर



काठमाडौं । शुक्रबार सुनको मुल्य स्थिर रहेको छ । बिहिबार प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३९५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ११ फाल्गुन २०८०, शुक्रबार ११:१२