नेप्से परिसूचक दोहोरो अंकले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक दोहोरो अंकले घट्याे



काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बजार २०.७६ अंक घटेर २००५.८३ विन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२२ अंक घटेको छ।

आज ३०९ कम्पनीको ९५ लाख १८ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब २० करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएको समाज लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १० फाल्गुन २०८०, बिहीबार १५:२४