सुनचाँदी दुबैकाे मुल्य घट्याे, कतिमा हुदैछ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदी दुबैकाे मुल्य घट्याे, कतिमा हुदैछ काराेबार ?



काठमाडौं । बिहीबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ भएको छ ।

यसअघि बुधबार छापावाल सुनको मुल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मुल्य एक लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको थियो । आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँमा झरेको छ । बुधबार चाँदीको मुल्य प्रतितोला १४ सय १५ रुपैयाँ रहेको थियो ।

प्रकाशित : १० फाल्गुन २०८०, बिहीबार १२:११