आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित प्रोक्टिभ माइक्रोले बोलायो साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित प्रोक्टिभ माइक्रोले बोलायो साधारण सभा



काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले फागुन २७ गते प्रथम वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त बसेको संचालक समितिको बैठकले सभा कम्पनीको केन्द्रीय कार्यालय धनगढीमा दिउँसो १ बजे गर्ने निर्णय गरेकाे हो ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२)(क) मा व्यवस्था भए वमोजिम समुह क का संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सदस्यहरुको निर्वाचन गर्ने, कम्पनीको नियमावलीको नियम २७ को उपनियम (२) मा व्यवस्था भए वमोजिम १ जना स्वतन्त्र विशेषज्ञ सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित : ६ फाल्गुन २०८०, आईतवार ११:५४