सुनको मुल्य ताेलामा ३०० रुपैयाँले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य ताेलामा ३०० रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार सुनको मुल्य ताेलामा ३०० रुपैयाँले घटेको छ । आज छापावाल सुनको मुल्य प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मुल्य प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजावी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तेजावी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ३९५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलवार १०:५५