कालिन्चोक हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कालिन्चोक हाईड्रोपावरले आईपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति



काठमाडौं । कालिन्चोक हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले माघ २२ गते आवेदन दिएको हो ।

कम्पनीले सात करोड ५० लाख रुपैयाँ बराबरको सात लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा ५ मेगावाट क्षमताको सरुनखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

प्रकाशित : २९ माघ २०८०, सोमबार १६:०२