सेयर बजारमा १५.३३ अंककाे वृद्धि, तीन अर्ब ५८ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा १५.३३ अंककाे वृद्धि, तीन अर्ब ५८ करोडकाे काराेबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उकालो लागेको छ। आज बजार १५.३३ अंक बढेर २१०१.१६ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।

आज ३१४ कम्पनीको एक करोड एक लाख आठ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंक ०.६५, विकास बैंक २३.१४, वित्त कम्पनीको , जलविद्युत ४९.२०, होटल समूह २०.०९, जीवन बिमा ३८.१६, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १२५.९३, माइक्रोफाइनान्स १२.०१, निर्जीबन बीमा १८३.६६ अंक बढेको छ ।

कारोबारमा आज बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफि हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, आज जोशी हाइड्रोपावरको सेयरमूल्य पनि उच्च अंकले बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २३ करोड दुई लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : 12 February, 2024 3:31 pm