बजेट र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा एकैदिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेट र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा एकैदिन



काठमाडौं । अर्थमन्त्रालयले बजेट र राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार गर्ने भएका छन्। अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षाको लागि सोमबार पत्रकार सम्मेलन गर्न लागेको हाे।

मन्त्रालयले दिउसो साढे ३ बजे अर्थमन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गरी अर्धवार्षिक समीक्षा सार्वजनिक गर्न लागेको जानकारी गराएकाे छ । यता राष्ट्र बैंकले पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि आजै सञ्चालक समितिको बैठक डाकेको छ। राष्ट्र बैंकले माघ महिनाभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने तयारी गरिरहेको थियो। सोहि अनुसार सोमबार साँझ अर्धवार्षिक समीक्षाको एजेण्डा राखेर सञ्चालक समितिको बैठक डाकिएको छ।

सञ्चालक समितिले पारित गरेपछि आजै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी छ।

प्रकाशित : २९ माघ २०८०, सोमबार १२:०७