नेप्से परिसूचक ४.९२ अंकले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचक ४.९२ अंकले वृद्धि



काठमाडौं । बुधबार नेप्से परिसूचक समान्य अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४.९२ अंक बढेर २०९०.६४ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन दुइ अर्ब ५९ करोडको सेयर कारोबार भएको बजारमा आज ३१३ कम्पनीको दुई अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आज गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर र एशियन हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने, ९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६को सेयर सर्वाधिक घटेको छ ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २४ करोड ८२ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २४ माघ २०८०, बुधबार १५:४०