ठूलाे काराेबार गर्ने सहकारीलाई राष्ट्र बैंक मातहत ल्याउनु पर्छ: अर्थमन्त्री महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ठूलाे काराेबार गर्ने सहकारीलाई राष्ट्र बैंक मातहत ल्याउनु पर्छ: अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूलो कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको मातहतमा ल्याइने बताएका छन्। बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘ बैंकको जस्तो कारोबार गर्ने वित्तीय संस्थाहरू सहकारी हुन सक्दैनन् । ठूलो कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको मातहतमा ल्याइने छ। सहकारी मर्ज गर्ने हो भने राष्ट्र बैंकको वित्तीय संस्थाको रूपमा जानुपर्छ ।’

त्यस्तै उनले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम सुरु गरेको बताएका छन् । जेटलाई सिस्टममा ल्याउन अझै दुई वर्ष लाग्ने बताए । उनले विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण सिस्टममा ल्याउन समय लाग्ने बताए । 

अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिनेका लागि केही सहज भएको बताए । राहतलाई हेरेर ऋणीले ऋण तिर्नुपर्ने उनको भनाइ छ ।  माफी गर्नसक्ने आर्थिक स्रोत नरहेकाले ऋण माफी नहुने मन्त्री महतको भनाइ छ । 

प्रकाशित : २४ माघ २०८०, बुधबार १२:२१