सुनको मुल्य तोलामा ५०० रुपैयाँले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ५०० रुपैयाँले घट्याे



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला एक लाख १८ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १३ सय ९० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : २३ माघ २०८०, मंगलवार १२:०९