सेयर बजार १४.५७ अंकले उकालो लाग्यो, कारोबार रकम भने क्रमश खुम्चिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार १४.५७ अंकले उकालो लाग्यो, कारोबार रकम भने क्रमश खुम्चिदै



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार उकालो लागेको छ। आज बजार १४.५७ अंक बढेर २०७६.२७ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.९५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंक बढेको छ।

आज ३१० कम्पनीको ७४ लाख ९१ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंक १.५९, विकास बैंक २५.९९, वित्त कम्पनीको ६.२०, जलविद्युत१३.७४, जीवन बिमा १९.५५, माइक्रोफाइनान्स १७.९६, अन्य समूहको ८२.६२ र टेडिङ्ग समूह ४ अंकले बढेको छ । त्यस्तै, होटल समूह ११.१३, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ५.३०, निर्जीबन बीमा ४४.२२ अंक घटेको छ ।

कारोबारमा नेपाल टेलिकम, पिपुल्स पावर र समाज लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, जोशी हाइड्रोपावरको सेयरमूल्य पनि करिब १० प्रतिशत बढेको छ भने आज स्वाभिमान लघुवित्तकोु सेयरमूल्य भने सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज १८ करोड ५९ लाख पाँच हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २२ माघ २०८०, सोमबार १५:३६