नेपाल लाइफले व्यतित बीमालेख नविकरण गर्दा ३० प्रतिशतसम्म छुट दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल लाइफले व्यतित बीमालेख नविकरण गर्दा ३० प्रतिशतसम्म छुट दिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेख नविकरण गर्दा ३० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले माघ २१ गतेदेखि आगामी चैत ६ गतेसम्म नविकरण गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने शुल्क छुट प्रदान गरिने जनाएको छ ।

कम्पनीका अनुसार १८० दिनभन्दा माथि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, ३ वर्षभन्दामाथि ५ वर्षसम्म अवधिका लागि २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट हुनेछ ।

यस योजनामा समावेश भएका बीमालेखहरु नविकरणको मितिदेखि १ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुटको रकम कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ। यस्तो छुट बीमा एकपटक लिइसकेका बीमितलाई बीमा आवधिभर पुनः प्रदान नगरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : २१ माघ २०८०, आईतवार ११:५३