सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढ्याे



काठमाडौं । सुनको मुल्य शुक्रबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मुल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १९ माघ २०८०, शुक्रबार ११:३०