सुनको मुल्य ताेलामा ५०० रुपैयाँले बढ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य ताेलामा ५०० रुपैयाँले बढ्याे



काठमाडौं । सुनको मुल्य बिहीबार ताेलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतिताेला एक लाख १९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतिताेला एक लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन प्रतिताेला एक लाख १८ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य प्रतिताेला एक लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको मुल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतिताेला १४ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १८ माघ २०८०, बिहीबार ११:१८