सुनको मुल्य बढ्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । बुधबार सुनको मुल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । मंगलबार प्रतितोला एक लाख १८ हजार छ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुन एक लाख १८ हजार सात सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य आज स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १७ माघ २०८०, बुधबार ११:१३