नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले आज देखि हिमालयन एभरेष्ट इन्याेरेन्सकाे स्वामित्वमा रहेको २० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

यसमा अब जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले १५ दिनभित्र आवश्यक कागजपत्रसहित थापागाँउ स्थित कार्यालयमा निवेदन दिनुपर्नेछ ।

आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ । यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : १६ माघ २०८०, मंगलवार १५:०१