सुनको मुल्य बढ्याे, कति पुग्याे ताेलाकाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे, कति पुग्याे ताेलाकाे ?



काठमाडौं । नेपाली बजारमा सुनको मुल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मुल्य पनि ताेलामा पाँच रुपैयाँले बढेर १४ सय पाँच रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : १५ माघ २०८०, सोमबार ११:३२