आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको एएमएल/सिएफटी तालिम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको एएमएल/सिएफटी तालिम सम्पन्न



काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको एएमएलरसिएफटी तालिम सम्पन्न भएको छ । कम्पनीले माघ १३ गते चन्द्रागिरी हिल्स, काठमाडौंमा कम्पनीका संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु तथा विभागीय प्रमुखहरुको समेत सहभागितामा पालना गर्नुपर्ने अनुपालन तथा एएमएल रसिएफटी तालिम तथा सेमिनारको आयोजना गरेको हो ।

उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले संचालक समितिका सदस्य, उच्च व्यवस्थापन, विभागीय प्रमुख तथा प्रदेश प्रमुखहरुलाई अनुपालन तथा एएमएलरसिएफटीको बारेमा विस्तृत रुपमा जानकारी गराएका थिए ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश्भक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायहरुले दिइएको निर्देशन त्यसैगरी ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको अक्षरस पालना गरी ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्नुपर्ने साथै आफ्नो दैनिक काम कारवाहीमा सोलाई पूर्ण रुपमा पालना गरी अगाडी बढ्न निर्देशन दिए ।

सोही अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले सबै विभागीय प्रमुख मार्फत सबै विभागका कर्मचारीहरु तथा प्रदेश प्रमुख मार्फत शाखाका सम्पूर्ण कर्मचारीहरुलाई दैनिक रुपमा हरेक कार्य गर्दा ऐन, नियम, निर्देशन तथा परिपत्रहरुको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिए ।

प्रकाशित : १४ माघ २०८०, आईतवार १७:३१