सेयर बजारमा दोहोरो अंककाे सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंककाे सुधार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले उकालो लागेको छ।आज बजार १०.३७ अंकले बढेर परिसूचक २०९४.४६ बिन्दुमा रोकिएको हो । त्यसैगरी, आज फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

आज ३०६ कम्पनीको एक करोड सात लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । विकास बैंक ४९.३४, वित्त कम्पनीको १४.७१, जलविद्युत ३४.५०, जीवन बिमा ५३.९४, माइक्रोफाइनान्स २०.९८, निर्जीबन बिमा ५७.०१, अन्य समूहको उपसूचक २२.८१ अंकले बढेको छ । कारोबारमा बैंक १.०९, होटल १०४.३१, उत्पादन तथा प्रशोधन समूहको उपसूचक २८.५४ अंकले घटेको छ ।

कारोबारमा मिड सोलु हाईड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी र सामलिंङ पावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयर पनि उच्च अंकले बढेको छ । आज चन्द्रागिरी हिल्स कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ङादी ग्रुप पावर र रिलायबल नेपाल लाइफ रहेको छ ।

प्रकाशित : 28 January, 2024 3:41 pm